तपाईंमा आइपर्ने कुनै पनि चुनौती तपाईंभन्दा ठूलो हुँदैन



यो कोभिड–१९ मा मानिसहरू दुःखी भइरहेका छन् । घरमा बसिरहँदा अनि बाहिर हुँदा पनि मानिसहरू चिन्तित नै भइरहेका छन् । बिस्तारै–बिस्तारै यो परिस्थिति पनि बदलिरहेको छ । एकातिर यो रोग छ, अर्कातिर गरिबी छ । के होला, के नहोला भन्ने समस्याहरू पनि छन् ! यी सबै हुँदाहुँदै पनि तपाईँभित्र एउटा वास्तविक क्षमता छ, जसको मद्दतले तपाईँ यो अवस्था भए पनि आनन्दमा रहन सक्नुहुन्छ ।

कुरा यो महामारीको होइन, यो रोगको होइन । सबैभन्दा ठूलो कुरा त तपाईँ जीवित हुनुहुन्छ । अनि, सृष्टिकर्ताले जुन तपाईँको जीवनमा उपहार दिएका छन्, त्यो उपहार हो ‘शान्ति’ । शान्ति तपाईँभित्र छ, बाहिर होइन । सृष्टिकर्ताले त्यो उपहारलाई तपाईँभित्रै राखेका छन् । तपाईँले यसलाई आफ्नो जीवनमा स्वीकार नगरेसम्म, यसलाई महसुस नगरेसम्म तपाईँ दुःखी भइरहनुहुनेछ ।

सबैभन्दा ठूलो कुरा त यो मनलाई कसरी सम्झाउने भन्ने नै हो । यो मनको यताउता दौडिरहने प्रकृति यो महामारी नहुँदा पनि त थियो नि ! यो मनरूपी रेलमा यात्रा गर्दा कस्तो हुन सक्छ भने– यो रेल खाल्टाखुल्टी भएको बाटो भएर पनि जान्छ । तलमाथि भइरहन्छ अनि जो त्यस रेलमा बसेका छन्, उनीहरू खुशी हुन सक्दैनन् किनकि सबै चीजहरू हल्लिरहेका हुन्छन् ।

यो जुन मनरूपी रेल छ, के तपाईँ यसमा बस्न चाहनुहुन्छ कि चाहनुहुन्न ? यो जीवन के हो भन्ने कुरा मानिसहरूले बुभूmन् । किनभने, एकातिर भय छ तर डराउनु नै पर्छ भन्नेचाहिँ होइन । कुरा त जीवनका बारेमा जान्ने, बुझ्ने अनि अनुभव गर्ने विषयमा चाहिँ हो । यो कुरा अनुभवका बारेमा हो । मानिसले आफ्नो जीवनमा वास्तविक सत्यको पनि अनुभव गरून् ।

वास्तविकता के हो ? आफ्नो वरिपरिको वास्तविकतालाई हेरेर मानिसले के सोच्छ भने ती ठूला–ठूला शहर, सडक, विज्ञापनका बोर्ड अनि भवनहरू नै सत्य हुन् । तर, ती चीजहरू सत्य होइनन् । एउटा समयमा यो पृथ्वी थियो तर ती चीजहरू थिएनन् । एउटा समयमा मानिसहरू थिए तर ती चीजहरू थिएनन् । ठूला–ठूला भवनहरू थिएनन् । ती सबै प्रगति बिस्तारै–बिस्तारै भएका हुन् । आज आँखाले देख्न पनि नसकिने यो सानो भाइरसका कारण अब के गर्ने, कसरी यसबाट बच्ने भनेर मानिसहरू चिन्तित छन् । यो रोग आउनुभन्दा पहिला मानिसहरू केही न केही आविष्कार गर्नतिर लागिरहेका थिए ।

तथापि, सोच्नुपर्ने कुरा के छ भने– ‘तपाईँ आफ्नो जीवनका बारेमा पनि सोचिरहनुभएको छ कि छैन ?’ यदि तपाईँले आफ्नो जीवनमा साँच्चै सन्तुलन कायम गर्नु छ भने तपाईँलाई प्राप्त भइरहेको अनि तपाईँभित्र आइरहेको र गइरहेको चीजका बारेमा पनि सोच्नुहोस् । तपाईँ अप्ठ्याराहरूसँग त जुधिसक्नुभएको छ । तपाईँको जीवनमा सङ्कटको अवस्था पहिला पनि आइसकेको छ ।

धेरै चुनौतीहरूलाई पनि तपाईँले सामना गर्नुभएको छ । कुनै पनि चुनौती तपाईँभन्दा ठूलो हुन सक्दैन । त्यसैले यो चुनौतीलाई सामना गर्नुहोस् अनि यो अन्धकारमय समयमा पनि आफ्नो हृदयमा त्यो खुशी, आशा, विवेक, स्पष्टता खोज्नुहोस् र राम्रो महसुस गर्नुहोस् । तीनवटा कुरा छन्– स्वयंलाई चिन्नुहोस्, जीवनमा सचेत भएर जिउनुहोस् र हृदयलाई कृतज्ञताले भरिपूर्ण तुल्याउनुहोस् । यी कुरालाई नबिर्सनुहोस्, यी अत्यन्तै महŒवपूर्णहरू कुरा हुन् ।

अनि, यो पनि आवश्यक छ– हामीभित्र रहेको चीजसँग पनि जोडिइरहनुहोस् । किनभने, यी जुन आश्चर्यका कुरा छन्– श्वास आउनु–जानु, तपाईँ जीवित हुनु, तपाईँलाई शान्ति हुनु यी पनि तपाईँकै हृदयका चाहना हुन् । हृदयको केवल एउटै चाहना, परमानन्दमा लीन हुनु हो । किनभने, तब मात्रै मानिसको वास्तविक सन्तुलन कायम रहन्छ । अत्तालिने कुरा होइन । डराउनुपर्ने कुरा होइन । डराएर केही पनि हुँदैन । यो हिम्मत बढाउने कुरा हो अनि ‘के होला’ भनेर सोच्दै हिम्मत बढाउनुहुँदैन । कस्तो विचार राखेर हिम्मत बढाउनुपर्छ भने, यो हिम्मत मेरै शक्ति हो, मभित्रैको शक्ति हो ।

बरु के बुझ्नु आवश्यक छ भने, हामीसँग केही नभए पनि लडाइँ जित्न सकिन्छ । यदि भित्र हिम्मत छ भने जुनसुकै लडाइँ पनि मानिसले जित्न सक्छ । तर, लडाइँ खराब नियतले लड्नुहुँदैन । यदि सत्यको युद्ध छ भने मानिसले अवश्य जित्न सक्छ । जीवनमा यो त आपैmँसँग आफ्नो लडाइँ हो । वास्तवमा जुन खराब विचार छ, त्यो नै ‘रावण’ हो । त्यसको दशवटा शिर छ ।

जुन अविवेक हो, जुन अज्ञानता हो ! ‘सीता’ तपाईँको शान्ति हो, तपाईँको सुख हो अनि यसैलाई त्यो रावणले लैजान्छ । अज्ञानताले नै सीतालाई हरण गर्दछ । ती सीतालाई फर्काएर ल्याउनका लागि यदि युद्ध गर्नुपर्छ भने पनि त्यो मानिसले गर्न सक्ने युद्ध हो । उसले युद्धका बारेमा जान्न सक्छ, बुझ्न सक्छ । त्यो परम शान्ति र सुखलाई आफ्नो जीवनमा ल्याउन अनि खराब कुरालाई आफ्नो जीवनबाट हटाउनका लागि तपाईँले यो युद्ध लड्नुपर्छ । फलतः तपाईँलाई जीवनमा सीतारूपी शान्ति प्राप्त हुन सकोस् ।

जे देखिन्छ त्यो आफ्नो हुँदैन अनि जे आफ्नो हो त्यसलाई देख्न सकिँदैन । संसारमा सबैभन्दा महŒवपूर्ण कुरा यो हो । अहिले संसारभरि नै कोरोना भाइरसको प्रभावका कारण मानिसले धेरै नै दुःख व्यहोर्नुपरेको छ । तथापि, यस्तो परिस्थितिका बीचमा पनि कुनै यस्तो कुरा होला त जसलाई भन्न सकियोस्, ‘योचाहिँ सत्य हो !’ जसलाई भन्न सकियोस्, ‘योचाहिँ दिव्य चीज हो !’ जसलाई भन्न सकियोस्, ‘योचाहिँ आनन्ददायक छ !’ यो समयमा पनि मानिसका लागि उपलब्ध हुने कुनै यस्तो चीज छ ? यो समयमा त मानिसहरूमा आशाको भण्डार रहेन । केवल निराशा मात्र छ ।

कतिपय मानिसका लागि यो कारोना भाइरस आउनु, यसले प्रभाव पारिरहनु साँच्चै रावणभन्दा कम छैन । कतिपय मानिसहरूका आमाबुबा, भाइबहिनी लगायतले यसै रोगका कारण मृत्युवरण गर्नुप¥यो । उनीहरूले राम्रोसँग अन्तिम बिदाइ पनि गर्न पाएनन् । उनीहरूका आमाबुबा अस्पतालमा बिरामी अवस्थामा भएका बेलामा उनीहरूलाई स्याहारसुसार गर्न पनि पाएनन् उनीहरूले ।

यदि मानिसमा हिम्मत रह्यो भने उसले प्रतिकूल परिस्थितिमा पनि जित हासिल गर्न सक्छ । कुन कुराबाट हौसला प्राप्त गर्न सकिन्छ ? असत्यबाट मिल्ला कि सत्यबाट ? ज्ञानबाट कि अज्ञानताबाट ? यो समयमा जे तपाईँको होइन, त्यो तपाईँको होइन । अनि, जे तपाईँको हो नि केवल त्योचाहिँ तपाईँको हो ।

अनि, जुन चीज तपाईँको हो त्यसलाई तपाईँ आपूmसँग बन्द कोठाभित्र पनि लैजान सक्नुहुन्छ । किनभने, त्यो तपाईँभित्र छ । यो अवस्थामा तपाईँ आपूmले आपूmलाई कति बुझ्नुहुन्छ ? कति चिन्नुहुन्छ ? तपाईँ जीवनमा आपूmले आपूmलाई कि त आफ्ना समस्यासँग तौलिनुहुन्छ, कि त जुन कुरा तपाईँले हासिल गर्नुभयो ती चीजसँग जोखेर हेर्नुहुन्छ !

सबैभन्दा ठूलो कुरा त सबै चीज ठीकठाक छ । जबसम्म यो श्वासरूपी उपहार तपाईँभित्र आइरहेको हुन्छ अनि गइरहेको हुन्छ तबसम्म सबै कुरा राम्रो हुन्छ । चाहे यो कोरोना भाइरस होओस् या नहोओस् । माक्स लगाउनु परोस् या नपरोस् । घरमा बसिरहनु परोस् या नपरोस् । जेसुकै होओस् । चाहे बाहिर रावणरूपी कालो बादल मडारिरहेको होओस् अनि त्यसले तपाईँको सीतारूपी शान्तिलाई हरण गर्न खोजिरहोस् तर पनि तपाईँभित्र यो श्वास आइरहेको छ र गइरहेको छ भने सबै कुरा ठीकठाक छ ।

आपूmले आपूmलाई चिन्नुको महŒव के हो भने, यो लडाइँका बीचमा तपाईँले ‘म को हुँ’ भनेर चिन्न सक्नुहोस् । यो श्वासको आवागमन, यदि यो वास्तविकताबाट तपाईँ टाढा जान खोज्दै हुनुहुन्छ भने त्यसो नगर्नुहोस् । यो त वास्तवमा आशीर्वाद हो । यसलाई हेर्नुहोस्, यसलाई चिन्नुहोस् ! तपाईँको जीवन प्राप्त हुनु पनि आशीर्वाद हो । तपाईँ यो संसारमा हुनु यो तपाईँका लागि आशीर्वाद हो अनि यो वास्तविकताबाट बाहिर उम्कने काम नगर्नुहोस् ।

जस्तो मैले भनेँ– जे चीजलाई देखेका छौँ त्यो आफ्नो होइन । यो सारा संसारलाई हेरेर यो दुनियाँले भन्छ– यो मेरो हो, यो मेरो हो । जुन चीज देखिन्छ त्यो आफ्नो होइन अनि जुन आफ्नो हो त्यसलाई देख्न सकिँदैन तर किन देख्न सकिँदैन ! जुन आफ्नो हो त्यसलाई त देख्न सक्नुपर्ने हो, किनभने त्यो त तपाईँको हो । त्यो त आफ्नो हो । यसकारण देख्न सकिँदैन, किनभने वास्तविकतालाई देख्न नपरोस् भनेर आँखामा पट्टी बाँधिएको छ । यथार्थ के हो ! खालि हात आउनुभएको थियो अनि खालि हात नै जानुहुनेछ ।

यो जुन तपाईँको शरीर छ, जसलाई तपाईँ आफ्नो भन्ने ठान्नुहुन्छ नि ! यो तपाईँको होइन । यो श्वास निस्केर गएपछि यो माटो बिस्तारै–बिस्तारै यही माटोमा गएर मिसिन्छ । तब तपाईँको आफ्नो के रहन्छ ? यो श्वास, यो ज्ञान, यो आनन्द, यो परमानन्द जुन तपाईँको हृदयमा छ । जबसम्म तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ भने तपाईँको जीवन छ । तपाईँ जीवित हुनुहुन्छ । तपाईँ यो सत्यलाई बदल्न सक्नुहुन्न । यो सत्य त सत्य नै हो । यदि तपाईँले यसलाई बुझ्नुभयो, पहिचान गर्नुभयो भने तपाईँको जीवनमा आनन्द प्राप्त हुनेछ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्