छायाँकार पाण्डेको हृदयघातबाट निधन



काठमाडौं ।

कुशल छायाँकार विदुर पाण्डेको आज बिहान हृदयाघातबाट निधन भएको छ। उनको पारिवारिक स्रोतका अनुसार उनलाई बिहान अचानक हृदयघात भएको हो।

निधनपछि अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर अहिले पशुपति आर्यघाट पुर्‍याइएको उनको भान्जीले जानकारी गराएकी छन्।
पाण्डे लामो समयदेखि छायाङ्कनको क्षेत्रमा सक्रिय थिए।

उनले कागबेनीलगायतका केही फिल्मका साथमा दर्जनौँ म्युजिक भिडियो, विज्ञापन फिल्म, डकुमेन्ट्री फिल्म छायांकन गरेका छन्। उनले सहेन्द्र श्रेष्ठसँगको सहकार्यमा स्वर्णिम भिडियो म्यागेजिन पनि सञ्चालनमा ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्