विकास द्वारेलाई विष्णु – नाति पत्रकारिता पुरस्कार



काठमाडौं ।

गोरखापत्रका फोटा पत्रकार विकासद्वारे विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार– ११४२ बाट सम्मानित हुनुभएको छ ।

विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुठीले मंगलबार राजधानीमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले द्वारेलाई दस हजार रुपियाँ र सम्मानपत्र प्रदान गर्नुभयो ।

विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकारिता क्षेत्रमा चार दशक भन्दा बढी समय बिताउनुभएका वरिष्ठ फोटो पत्रकार नातिकाजी महर्जनले स्थापना गर्नुभएको हो ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेवाः संस्कृति विश्वमै चर्चाको विषय हुने भएकोले त्यसको संरक्षणको लागि फोटो पत्रकारहरुले पु¥याएको योगदान महत्व रहेको बताउनुभयो ।

यसैगरी, पुरस्कार दाता फोटो पत्रकार महर्जनले नेवार परम्परा, संस्कृति चाडपर्व, रितिथितिआदिमा फोटो पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष सम्मानित गर्न यो पुरस्कार स्थापना गरेको जानकारी दिनुभएको छ । महर्जनल नेवारी संस्वृmति विश्वमै धनी छ र यसको थप प्रवद्र्धनका लाग बढीभन्दा बढी फोटो पत्रकारिता गर्नुपर्छ भन्ने विचारहित यो पुरस्कार स्थापना गरेको बताउनुभयो ।

उत्कृष्ट फोटो पत्रकार चयनका लागि वरिष्ठ फोटोग्राफर शम्भु मानन्धरको संयोजकत्वमा तीन सदस्यीय चयन समिति पनि गठन गरिएको छ ।

सो कार्यक्रममा नेपाल एकेडेमी अफ फाइन आर्ट्सया उपकुलपति गोपाल चित्रकारले वर्षौँदेखि नेवारी परम्परा र संस्वृmतिमा एकचित्त भएर फोटो पत्रकारिता गर्दे आएका महर्जनले आफ्नै पैसामा यस क्षेत्रमा अब आउने नयाँ पुस्तालाई पुरस्कारको व्यवस्था गरेको काम उदाहरणीय छ भन्नुभयो ।

विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिका सल्लाहकार पुष्कर माथेमाले पुरस्कार दाता महर्जनले आफूले नेवारी संस्वृmति, चाडपर्वमा गरिरहेको फोटो पत्रकारिताको कर्मलाई यसै विषयमा सम्बन्धित भएर पुरस्कारको स्थापना गरेर अझ आप्mनो उचाई बढाएको भनाई राख्नुभयो ।

नेवाः देय् दबुका अध्यक्ष पवित्र वज्राचार्यले नेवारी संस्कृति जोगाउने काम गैरनेवारहरुले पनि गरिरहेको छ तर पनि यसको प्रमुख जिम्मेवारी नेवारहरुकै हो, भन्नुभयो । काठमाडौँ महानगरपालिका वडा नं १८ का अध्यक्ष न्हुछेकाजी महर्जनले संस्वृmति, सम्पदा बचाउन स्थानीयबासीले आ-अफ्ना ठाउँमा ध्यान पुर्याइरहेको अवस्था नभएको भनाई राख्नुभयो ।

सो कार्यक्रममा विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिका सचिव प्रवीण महर्जनले स्वागत मन्तव्य व्यक्त गनुृभयो भने अध्यक्ष दानदास श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्