बैंक अफ काठमाण्डुको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक



काठमाडौं, (नेस) ।

ग्राहक महानुभावको भविष्य तथा वर्तमानको वित्तीय योजनामा सहयोग पु¥याउने हेतुले बैंक अफ काठमाण्डु लिमिटेडले ११ दशमलव ३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाता सार्वजनिक गरेको छ ।
वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहनुभएका महानुभावका लागि विभिन्न आकर्षक सुविधाको साथ उच्चतम् ब्याजदरसहितको वित्तीय व्यवस्थापनको सुविधा भएको यस निक्षेप खाताले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

आजको स–साना बचतले भविष्यको ठूला वित्तीय आवश्यकता सहज रूपमा व्यवस्थापन हुन्छन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहक महानुभावको वित्तीय व्यावस्थापनसहित ११ दशमलव ३ प्रतिशतको उच्चतम् ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको हो । यस निक्षेप खातामा बैंकले खातावाहक महानुभावलाई त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ ।

यस खातामा न्यूनतम् १ हजार देखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रूपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक ५ सयको गुणाङ्कमा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ । यदि रिकरिङ्ग निक्षेप खातावाहक महानुभावलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था रहेको छ । बीओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलोपटक यस बैंकले सार्वजानीक गरेको हो । खातावाहकको वर्तमानको वित्तीय व्यवस्थापनसहित आर्कषक ब्याजदरको व्यवस्था रहेको बीओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रूपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजनाअनुसार अन्य खाताहरूमा रकमान्तर गर्ने सुविधा रहेको छ ।

न्यूनतम कुल मौज्दात २ लाख रुपियाँ भएको यस खातामा ग्राहक महानुभावहरूलाई वार्षिक ११ दशमलव ३ प्रतिशतको उच्चतम ब्याज मासिक रूपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम १ वर्षदेखि अधिकतम १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि रहेको छ । साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्