थप ५५३ जनामा कोरोना पुष्टि



काठमाडौं ।

देशभर थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ५१ जना र १ हजार ७४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०२ जनामा गरी जम्मा ५५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार ७३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ रहेका छन् ।

हाल नेपालमा ५ हजार ६५९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्