बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि



काठमाडौं ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपियाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपियाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.१८ प्रतिशत भएको छ । यसको १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ ०४ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ७५ पैसा छ ।

बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंक १ः१ अनुपातमा मर्ज हुँदैछन् । दुवै बैंक एक आपसमा मर्जमा गएकाले २ असारदेखि सेयर कारोबार रोक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्