सुनचाँदीको मूल्य घट्यो



काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपियाँले घटेर ९६ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपियाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपियाँले घटेर प्रतितोला १२ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्