ललितपुर–१८ मा शनिबारे हाटबजार

किनमेल गर्नेको घुइचो



ललितपुर ।

ललितपुर महानगरपालिका–१८ ले हाटबजार तथा घरेलु उद्योग बिक्री शुरु गरेको छ । हाटबजारमा २५ स्टल राखिएका छन् । सामुदायीक सिकाइ केन्द्र र वालकुमारी सामुदायीक महिला समूहको आयोजनामा स्टल राखिएको हो ।

स्टलमा स्थानीय महिलाले उत्पादन गरेका हाते सामाग्री, अचार, ढाका कपडा, साबुन, मैनात्ती, बेकरी, विभिन्न कपडा र घरेलु गहना लगायतका स्टल राखिएको छ । विभिन्न खाना परिकारले बजारलाई रौनक थपेको थियो । मगरगाँउ मैदानमा स्थनीय महिलाले उत्पादन गरेको सामाग्री राखिएको छ ।

स्टल अवलोकन पछि बोल्दै वडा अध्यक्ष दामोदर खड्काले महिलाहरुको सिप विकास र उनीहरुले उत्पादन गरेका सामाग्रीको बजार प्रवर्धन गर्न प्रदर्शनी राखिएको जानकारी दिनुभयो । उहाले भन्नुभयो–यस्ता हाटबजार वडाका विभिन्न स्थानमा संचालन गर्ने तयारी भैरहेको छ । वडाले तिज र दशै लक्षित हाटबजार सञ्चालन गर्ने वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । ललितपुर महानगर प्रमुख महेश्वोरी विष्ठले स्थानीय महिलाहरुको सिप प्रदर्शनी महत्पूर्ण रहेको बताउनु भयो।

वडा सदस्य गोपषल डंगोलले स्थानीय २० महिला समूह मध्य करिब एक दर्जन सहभागी भएको बताउनुभयो । उहँका अनुसार वडाले हरेक महिनामा एकदिन हाटबजार राख्ने जानकारी दिनुभयो । तिज र दशै लक्षित बजार सञ्चालन गर्ने बताउदै भन्नुभयो–स्थानीय उत्पादनलाई बजारमा पु¥याउन बजार सचालन गरेका हौ ।

सामुदायी सिकाइ केन्द्रकी परिचालिका रेश्मा थापाले स्थानीय महिलाको शिपप्रबद्र्धन गर्न प्रदर्शनी आयोजना गरेको बताउनुभयो । भन्नुभयो–यस्ले महिला दिदीबहिनीहरुको हौसला बढेको छ । यस्ता प्रदर्शनीलाई निरन्तरता दिनेछौ ।

वडा अध्यक्ष निर्वाचित भएपछि सामुहिक रुपमा पहिलोपटक आयोजना गरेको हाट बजार अवलोकन गर्न करिब एक हजार बढीको आएका थिए । अधिकांसले स्थानीय उत्पादनलाई बजारीकरण गर्न यस्ता हाटबजार सञ्चालन गर्नु महत्वपुर्ण रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्