पनौती नगरमा ब्रम्हलुट, वार्षिक ४८ लाखको इन्धन, २८ लाखको खाना

२०७८ साउनदेखि चैत्रसम्म नगरप्रमुख-उपप्रमुखको इन्धन खर्च १५ लाख



पनौती, काभ्रे । पनौती नगरपालिकाले २०७८ साउनदेखि चैत्रसम्म नौँ महिनामा नगर प्रमुख र उपप्रमुखको इन्धन खर्च वापत १५ लाख रुपियाँ भुक्तानी भएको छ । आर्थिक वर्ष २०७८/७९ को १२ महिनामा कर्मचारी र कार्यालयको लागि इन्धनमा मात्र छुट्टै ३३ लाख रुपियाँभन्दा बढी भुक्तानी गरिएको छ ।

खाना-खाजा बापत गत आर्थिक वर्षमा २८ लाख ७८ हजार खर्च गरिएको छ । जसमध्य नगर प्रमुखको सचिवालयको खाना÷खाजा खर्च सात लाख रुपियाँभन्दा बढी छ ।

नगरपालिको आर्थिक प्रशासनबाट प्राप्त सूचनाअनुसार नगर प्रमुख र उपप्रमुखको लागि इन्धन खरिदमा मात्र सरदर मासिक १ लाख ६६ हजार रुपियाँ खर्च भएको देखिएको छ भने कर्मचारी र कार्यालयका अन्य यातायतको लागि इन्धन खरिद वापत मासिक सरदर दुई लाख ७८ हजार रुपियाँ खर्च भएको देखिएको छ । खाना–खाजवाापत नगरपालिकाले मासिक सरदर दुई लाख ७८ हजार रुपियाँ भुक्तानी गर्ने गरेको पाइएको छ ।

पनौती नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार नगरपालिकामा रहेको चमेना गृहमा मात्र कर्मचारीहरुले खाएको खाएको खाना÷खाजाको मासिक दुई लाख ४० हजार रुपियाँसम्म भुक्तानी दिइएको छ ।

२०७८ साउन महिनामा नगर प्रमुखको सचिवालयले खर्च खाना–खाजामा खर्च गरेको ७२ हजार पाँच सय ९० रुपियाँ भुक्तानी गरिएको छ भने भदौमा चमेना गृहमा चिया, खाना तथा खाजाको दुई लाख ४० हजार आठ सय ७७ रुपियाँ भुक्तानी गरिएको छ ।

नगरपालिकाले २०७८ भदौ महिनाको चिया, खाजा तथा खानावापत चमेना गृहलाई १ लाख ८१ हजार आठ सय ५४ रुपियाँ भुत्तानी गरेको जनाएको छ भने नगर प्रमुखको सचिवालयले मार्फत भएको खाना खाजाको छुट्टै एक लाख ६० हजार भुक्तानी गरेको छ ।

नगरपालिकाको लेखाशाखाका लेखा अधिकृत कृष्णप्रसाद सैजूले नेपाल समाचारपत्रलाई उपलब्ध गराएको प्रमाणित विवरण अनुसार २०७८ असोज महिनामा चमेना गृहमा खाना खाजाको एक लाख ५१ हजार छ सय ७२ रुपैया भुक्तानी गरिएको छ भने प्रमुखको सचिवालयमार्फत भएको खाजा खानाको खर्च बापत छुट्टै ६८ हजार आठ सय ३५ रुपियाँ भुक्तानी गरिएको छ ।

गत कात्तिक महिनामा नगरपालिकाको खाना खाजामा दुई लाख ८९ हजार एक सय ७५ भुक्तानी भएको छ । जसमा नगरप्रमुखको सचिवालयको विल एकलाख रुपियाँ रहेको छ । बाँकी रकम नगरपालिकाभित्र रहेको चमेना गृहलाई भुक्तानी गरिएको छ । विविध खर्च भन्दै यो महिना भि–साईन होटलमा खर्च भएको ७ हजार आठ सय ६० पनि भुक्तानी भएको छ ।

यसैगरी मंसिर महिनामा चमेना गृह र भि–साईन होटलमा खाना खाजा बापत एक लाख २० हजार भुक्तानी भएको छ । मंसिर महिनामा प्रमुखको सचिवालयले खाना खाजा बापत खर्च गरेको छुट्टै ९४ हजार छ सय ६६ रुपियाँ भुक्तानी गरिएको लेखाअधिकृत सैजुले बताएका छन् ।

२०७८ पुस महिनामा नगरपालिकाभित्र रहेको चमेना गृहमा खाना–खाजा बापत एक लाख ७२ हजार २० रुपियाँ भुक्तानी गरिएको छ भने नगर प्रमुखको सचिवालयमार्फत भएको चिया, खाजाको छुट्टै ९४ हजार छ सय ३० रुपियाँ भुक्तानी भएको छ ।

यो महिना होटल पनौतीलाई पनि खाना, खाजाको भुक्तानी वापत ३७ हजार चार सय २० भुत्तानी गरिएको छ भने भि–साईन होटलमा भएको खर्च सात हजार ५० पनि भुक्तानी गरिएको छ । यहि महिना उपप्रमुखको सचिवालयको लागि खर्च भएको सोधभर्ना बापत ५८ हजार तीन सय २५ पनि भुक्तानी दिइएको छ ।

पनौती नगरपालिकामा २०७८ माघ महिनामा कार्यालयका लागि खाना र खाजा उपलब्ध गराए बापत चमेना गृहलाई दुई लाख २५ हजार भुक्तानी गरिएको छ । फागुन महिनामा खाना–खाजा बापत अझ बढी खर्च भएको छ । यो महिना चमेना गृहले दुई लाख ३२ हजार तीन सय १३ रुपियाँको खाना खाजा उपलब्ध गराएको छ ।

२०७९ वैशाख र जेठ महिनामा कार्यालयमा चिया, खाजा, खाना उपलब्ध गराए वापत चमेना गृहलाई तीन लाख ६५ हजार ५ पाँच सय ३९ रुपियाँ भुक्तानी भएको छ । असार महिनाको २१ गतेसम्म एक लाख ४९ हजार चार सय ८५ रुपियाँ भुक्तानी भएको छ । यो महिना नगरप्रमुखको सचिवालयको लागि खाजा–खान बापत छुट्टै १९ हजार रुपियाँ भुक्तानी भएको छ ।

पनौती नगरपालिकाका खरिदमा पनि प्रशस्त रकम खर्च गरेको देखिएको छ । २०७८ श्रावण महिनामा प्रमुख र उपप्रमुखको लागि इन्धन खर्च वापत ६७ हजार चार सय ४० रुपियाँ भुक्तानी गरेको छ भने अन्य कर्मचारी र कार्यालयको लागि दुई लाख ३२ हजार सात सय ५३ रुपियाँ भुक्तानी गरेको छ ।

नगरपालिकामा हुने इन्धन खर्चबारे लेखा शाखाले उपलब्ध गराएको प्रमाणित तथ्यअनुसार भदौ महिनामा प्रमुख र उपप्रमुखको लागि इन्धन वापत एक लाख ३२ हजार सात सय ६९ रुपियाँ भुक्तानी भएको छ । यो महिना कर्मचारी र कार्यालयका अन्य सवारी साधनका लागि एक लाख ६३ हजार नौँ सय ६३ रुपियाँ भुक्तानी भएको छ ।

गत असोज महिनामा पनि नगरप्रमुख र उपप्रमुखको लागि इन्धन वापत एक लाख ५१ हजार आठ सय २४ रुपियाँ भुक्तानी भएको छ । यो महिना कर्मचारी कार्यालयको लागि दुई लाख २७ हजार ४९ रुपियाँ भुक्तानी भएको छ । नगर प्रमुख र उपप्रमुखको इन्धनको लागि गत कात्तिक महिनामा ९६ हजार छ सय १३ रुपियाँ भुक्तानी भएको छ भने मंसिर महिनामा एक लाख ५२ हजार सात सय २९ रुपियाँ भुक्तानी गरिएको छ ।

पुस महिनामा प्रमुख र उपप्रमुखको लागि मात्र इन्धन वापत दुई लाख १२ हजार चार सय ३१ भुत्तानी गरिएको लेखा शाखाले जनाएको छ । यसैगरी माघ महिनामा प्रमुख र उपप्रमुखको लागि इन्धन वापत एक लाख ७२ हजार भुत्तानी गरिएको छ भने फागुन महिनामा सबैभन्दा धेरै दुई लाख ९२ हजार पाँच सय ९३ रुपियाँ भुक्तानी भएको छ ।

चैत्र महिनामा प्रमुख र उपप्रमुखको इन्धन खर्च बापत दुई लाख २१ हजार चार सय ६८ भुक्तानी भएको छ । २०७८ वैशाखदेखि २०७९ सम्म प्रमुख उपप्रमुखको लागि इन्धन खरिद गरे वापतको भुक्तानी विवरण नेपाल समाचारपत्रलाई उपलब्ध भएको छैन ।

पनौती नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार २०७८ कात्तिक महिनामा कर्मचारी र कार्यालयको लागि इन्धन खरिद बापत एक लाख ६६ हजार चार सय २७ रुपियाँ भुक्तानी गरेको छ ।

यसैगरि मंसिरमा एक लाख ८९ हजार तीन सय ४५ रुपियाँ भुक्तानी भएको छ । कर्मचारी तथा कार्यालयको इन्धन खरिदको लागि पौष महिनामा एक लाख २९ हजार पाँच सय १३ रुपियाँ भुक्तानी गरेको छ । पनौती नगरमा माघ महिनामा एक लाख ७२ हजार एक सय १७ रुपियाँ भुक्तानी भएको छ । कर्मचारी र कार्यालयतर्फ इन्धन खरिदअन्तर्गत फागुनमा दुई लाख ३२ हजार दुई सय ८८ भुक्तानी भएको छ ।

नगरपालिकाको कर्मचारी र कार्यालयको अन्य यातायातको लागि इन्धन खरिदतर्फ २०७८ चैत्र र २०७९ वैशाख महिनामा सबैभन्दा बढी भुक्तानी भएको देखिएको छ । यो दुई महिनामा मात्र १२ लाख १० हजार नाैँ सय पाँच रुपियाँ भुत्तानी भएको छ । पछिल्ले दुई महिना जेठ र असारमा कर्मचारी र कार्यालयतर्फको इन्धन खरिदमा चार लाख ८९ हजार तीन सय ५५ रुपियाँ भुक्तानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्