टेलर स्विफ्ट सर्वाधिक प्रदूषण फैलाउने सेलिब्रेटी



एक विश्लेषणले हलिउडमा निजी विमान प्रयोग गरेर सबैभन्दा धेरै वातावरण प्रदूषण गर्ने सेलिब्रेटीको सूची तयार पारेको छ।
न्युयोर्क भल्चरमा प्रकाशित समाचारअनुसार यो सूचीको सबैभन्दा अगाडि चर्चित अमेरिकी गायिका टेलर स्विफ्ट रहेकी छन्।

सबैभन्दा बढी प्रदूषण फैलाएको भनिएको टेलरको विमान अन्य मानिसले पनि भाडामा प्रयोग गर्ने गर्दछन्। उक्त विमानले यस वर्ष २२ हजार नौ सय २३ मिनेट उडान भरेको छ। उनको विमानले सबैभन्दा कम ३६ मिनेटसहित एक सय ७० उडान भरेको तथा आठ हजार दुई सय ९३.५४ टन कार्बन ग्यास उत्सर्जन गरेर हावालाई दूषित बनाएको समाचारमा उल्लेख छ।

तर, टेलरले भने यस विषयमा माफी मागेकी छैनन्। खराब खालको विमान प्रयोग गरेर कार्बन ग्यास उत्पादन गर्ने सेलिब्रेटीको सूचीमा दोस्रो नम्बरमा बक्सिङ खेलाडी फ्लायड मेवेदर र तेस्रोमा गायक ब्लेक सेल्टनलगायत छन्। किम कार्डर्सियन, टविट स्कट लगायतका स्टारसमेत यस सूचीमा समावेश छन्।

प्रतिक्रिया दिनुहोस्