अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री पुनः नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्