आफ्नै श्रीमतीको विभत्स हत्या गरेको अभियोगमा पक्राउ



रुपन्देही ।

आफ्नै श्रीमती ३१ वर्षीया साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान साबित्री मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने देखिएपश्चात यम बहादुरलाई तत्काल नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको क्रममा यम बहादुरले मादक पदार्थ सेवन गरी सुतेकोमा श्रीमती समेतले अघिल्लो दिन साँझ दराजमा राखेको नगद १ हजार रुपैयाँ लिई रक्सी किनेर खाई सुतेकोमा यम बहादुरले राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी लिई गएको भनि कुटपिट गर्ने क्रममा खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर ज्यान सम्बन्धि कसूर अन्तर्गत म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरेहेको छ ।

प्रतिक्रिया दिनुहोस्