ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुलका सवारीसाधनलाई कारबाही



काठमाडौं ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही थालेको छ।

गत ४ साउनमा काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्याब्सन, एनप्याब्सन, हिसान तथा अभिभावक संघबीच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो ।

सोहीअनुरूप आज विभिन्न स्कुलका सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएकाले उनीहरुलाई कारबाही गर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आगामी दिनहरूमा समेत निर्देशिकाविपरीत सञ्चालन हुने स्कुलका सवारीसाधनहरूलाई कानुनबमोजिम कारबाही गर्ने कार्यलाई निरन्तरता दिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्