सुन्दरीजल खोलामा १६ वर्षीय किशोर बेपत्ता



काठमाडौँ।

काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन्। काठमाडौंको कपन घर भएका १६ वर्षीय शुभम श्री प्रधान खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

शनिबार अपराह्न ४ बजे उनीसँग सात जना साथीहरू घुम्न गएका थिए । फोटो खिचाउने क्रममा ढुंगाबाट चिप्लिएर प्रधान खोलामा खसेको बताइएको छ।

अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्