विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न



काठमाडौं ।

विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ । वर्षायामसँगै हुन सक्ने सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले जङ्गी अड्डामा ‘विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक २०७९’ सञ्चालन गरेको थियो ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, उद्दार तथा प्रतिकार्यका निमित्त विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायहरु, नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले आ–आफ्नो मन्तव्य राखेका थिए।

उक्त बैठकमा सेनाको युद्धकार्य निर्देशनालयले विपद् व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा प्रस्तुतीकरण गरेको थियो । मन्तव्यको क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरु आयोजना गरेकोमा नेपाली सेनालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्