प्रचण्डको भारत भ्रमण : आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने



काठमाडौं । भारत भ्रमणका रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भोलि उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।

आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्ले जानकारी दिए ।

उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्