थारू लोकसाहित्य प्रकाशित



काठमाडौं  ।

लक्ष्मी माली तथा डा कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्य समेटिएको छ ।

यसमा मोरङिया थारू लोकसाहित्यबारे रामसागर चौधरी, सप्तरिया थारू लोक साहित्यबारे नन्दलाल चौधरी, चितोनिया थारू लोकसाहित्यबारे कारी महतो, रूपन्देहीमा थारू लोकसाहित्यको अवस्थाबारे बमबहादुर थारू, डंगौरा थारू लोकसाहित्यबारे भूमिका थारू र बुनु थारूको लेख रहेको छ ।

त्यस्तै, डेसौरी थारू लोकसाहित्यबारे पवनकुमार थारू, कठरिया थारू लोकसहित्यबारे विष्णुप्रसाद कठरिया तथा रानाथारू लोकसाहित्यबारे करम सिंह राना तथा बासमती कुमारी रानाको लेख रहेको छ ।

पुस्तकका सम्पादक डा.कृष्णराज सर्वहारीका अनुसार समाविष्ट सबै लेखको थारू भाषामा अनुवाद पनि समेटिएकाले थारू भाषाको विविधता बुझ्न स्वयम् थारू भाषीलाई पनि पुस्तकले मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्