एक वर्षमा १ खर्ब १५ अर्ब बेरुजु, ५० अर्ब २९ करोड फर्छ्योट (पूर्णपाठसहित)



काठमाडौं । एक वर्षमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु रकम थप भएको छ । उक्त अवधिमा ५० अर्ब २९ करोड फर्छ्योट भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बेरुजु ४ खर्ब २० करोड पुगेको छ । अद्यावधिक कारबाही समेत गरेर टुङ्ग्याउनुपर्ने रकम भने ८ खर्ब २९ अर्ब १५ करोड पुगेको हो ।

महालेखा प्रतिवेदनअनुसार अघिल्लो वर्षसम्ममा बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेकोमा फर्छ्योट रकम घटाई यो वर्ष थप भएको रकम जोड्दा ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो ।

कारबाही गरी टुंगो लगाउनुपर्ने रकम समेत गरेर ८ खर्ब २९ अर्ब १५ करोड पुगेको हो ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्