एमालेले माग्यो लेखा समिति सभापति



काठमाडौं । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्को लेखा समिति बैठक बहिष्कार गरेको छ । समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने माग राख्दै एमालेले बैठक बहिष्कार गरेको हो ।

यसअघि लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिने प्रावधान रहेको थियो । सोही प्रावधान कार्यान्वयन गर्न एमाले बैठक नै बहिष्कार गरेको छ ।लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको बताउँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको बताउनुभयो ।

आफ्नो धारणा राखेपछि भट्टराई र समितिका सदस्य गोकुल बास्कोटा बैठक बहिष्कार गरेर हिँड्नुभएको थियो ।
मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठीक नभएको बताउँदै भट्टराईले लेखा समिति विपक्षलाई नै दिनुपर्ने बताउनुभयो । सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेले अडान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्