अध्यक्ष दाहाल र लिउ जियानचाओबीच भेटवार्ता



cWoIf bfxfn;Fu lzi6frf/ e]6jftf{ ub}{ l;lk;Lsf ljb]z ljefu k|d’v sf7df8f}F, @& c;f/M g]skf -dfcf]jfbL s]G›_sf cWoIf k’iksdn bfxfn …k|r08Ú;Fu pxfFsf] lgjf; v’dn6f/df g]kfnsf] rf/lbg] e|d0fdf /xg’ePsf lrlgofF sDo’lgi6 kf6L{sf ljb]z ljefu k|d’v lnp lhofg rfcf]] lzi6frf/ e]6jftf{ ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौँ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गरेका छन् ।

चारदिने नेपाल भ्रमणमा रहेका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपरान्ह अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता छ ।

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्