बाजुराको बुढीगंगा नगरपालिकाको मतदान केन्द्रमा तनाव



काठमाडौँ।

बाजुराको बूढीगंगा नगरपालिकाको एक मतदान केन्द्रमा तनाव सिर्जना भएको छ । वडा नम्बर ९ स्थित त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा दुई पक्षबीच विवाद भएपछि तनावको स्थिति सिर्जना भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही हवाई फायर पनि गरेको छ। भीड अहिले नियन्त्रणमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ।

गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ ।

मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन्। मतदानका लागि १० मतदानस्थल र १९ केन्द्र छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्