असार मसान्तको समयमा हरिहपुरगढीमा ईन्टरनेट अबरुद्ध: लेखाका कर्मचारी डाटाबाट काम गर्न बाध्य



सिन्धुली ।

सिन्धुलीको हरिहपुरगढी गाउँपालिकामा ईन्टरनेट सेवा अवरुद्ध हुदाँ कार्यालयको कामकाज प्रभावित भएको छ । गाउँपालिकामा इन्टरनेट सेवा दिदै आएको सेवा प्रदायक संस्था हिमालयन गोर्खा कम्पनीको लापरवाहीका कारण ईन्टरनेट अवरुद्ध भएको हो ।

गाउँपालिकामा एक हप्तादेखि ईन्टरनेट नआउदाँ असार मसान्तमा गर्नुपर्ने भुक्तानीको काम प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन गङ्तान लामाले बताउनुभयो ।

कार्यालयमा ईन्टरनेट नहुदाँ मोबाईलमा फोरजी डाटा लिएर त्यसैबाट मुस्किलले चेक काट्ने काम भईरहेको गाउँपालिकाका लेखा शाखा प्रमुख शिवराज रेग्मीले बताउनुभयो । ‘असार मसान्तमा भुक्तानीको कामको चाप छ । तर ईन्टरनेट छैन् । भुक्तानीका सबै काम अनलाईनबाटै गर्नुपर्छ । नेट नहुदाँ सेवाग्राहीले पनि सास्ती पाएका छन् । हामी कर्मचारीले पनि सास्ती भोग्नु परेको छ । अहिले अब काम नै रोकिनु भन्दा मोबाईलको डाटाबाट मुस्किलले चेक काट्ने काम गर्ने गरेको छु’ उहाँले भन्नुभयो । मोबाईलको टावर पनि बेला बेलामा आउनेजाने गर्ने भएकाले डाटा पनि राम्रो नचल्ने लेखा शाखा प्रमुख रेग्मीले बताउनुभयो ।

हरिहरपुरगढी गाउँपालिकामाझन्डै सात आठ महिना अघि देखि हिमालयन गोर्खाले इन्टरनेट सेवा दिदै आएको छ । कम्पनीले गाउँपालिकालाई १० एमविपिएसको नेट उपलब्ध गराए बापत मासिक ३५ हजार रुपैयाँ भुक्तानी लिने गरेको छ ।

यस कम्पनीको ईन्टरनेट अघिकांश समय विग्री रहने र पटक पटक सम्पर्क गर्दा पनि समयमा मर्मत नहुने गाउँपालिकाका सुचना प्रविधि अधिकृत मिलन श्रेष्ठले बताउनुभयो । कम्पनीले पछिल्लो चार महिनाको भुक्तानी माग गरेपनि अधिकांश समय विग्रि रहने भएकाले एक महिनाको कटाएर तिन महिनाको मात्रै भुक्तानी दिएपछि कम्पनीले एक हप्ता देखि ईन्टरनेट सेवा अवरुद्ध पारिरहेको सुचना प्रविधि अधिकृत श्रेष्ठले बताउनुभयो । कम्पनीलाई नेटमा समस्या आएपछि सम्पर्क गर्दा समेत बेवास्ता गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिकामा यस पटक मात्रै ईन्टरनेटमा समस्या भएको होईन विगत पाँच बर्ष देखि नै ईन्टरनेटमा समस्या भईरहेको आर्थिक प्रशासन शाखा प्रमुख दिपक कार्कीले बताउनुभयो ।

त्यस्तै हरिहरपुरगढी गाउँपालिकाको आठ वटै वडा कार्यालयमा पनि ईन्टरनेट सेवा राम्रो नहुदाँ सेवाग्राही मारमा पर्ने गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्