अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न कांग्रेस उपसभापति धनराजको माग



काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्न माग गरेका छन् ।

ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत दिनुपर्ने गुरुङले लेखेका छन् ।

उनले छानबिन समितिलाई सहयोग गर्नका लागि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए। ‘गैर संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामेरामार्फत निगरानी गरिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ । जनताले हेर्न पाउनुपर्छ’, गुरुङले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्