रामेछापमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु



रामेछाप । रामेछापमा यात्रु बाहक बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । आज (मङ्गलबार) सुनपाती गाउँपालिकाको हिलेदेवीबाट काठमाडौको लागि छुटेको बा ३ ख ८३९६ नम्बरको सुनपाती गाउँपालिका ५ लुभुघाटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ९ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । घाइतेहरु धुलिखेल अस्पतालमा उपचार भइरहेको रामेछाप प्रहरीले जनाएको छ । रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङ्गका अनुसार थप ४ जानको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा परि सुनापति गाउँपालिका वडा नं ५ का ६० वर्षीय ठूला तामाङ्, ३६ वर्षीय खड्कबहादुर बिक, २२ वर्षीय बिपना तामाङ, ३६ वर्षीय संजु आलेमगर र वडा नं ४ कि २६ वर्षीय समरिता तामाङ् मृत्यु भएको छ ।

त्यस्तै कांभ्रे ४ रोशीका २५ वर्षीय कमल तामाङ्, पाँचखाल ८ काभ्रेका १८ वर्षीय सुदिप गजमेर, कांभ्रेकै वडा नं ९ मानदेन्डेपुरकी ६० वर्षीय सुभलक्ष्मि मानन्धर र ४० वर्षीय कुलबहादु बि।क पाँचखाल ८ काभ्रेका रहेका छन् ।

प्रहरी प्रमुख थिङ्ग्का अनुसार उपचारको क्रममा ज्यान गुमाएका ४५ वर्षीय रामबहादुर श्रेष्ठ, २४ वर्षीय बुद्ध तामाङ्, र नेमा तामाङ् रहेका छन् । एक जनाको सनाखत हुन सकेको छैन् ।

गम्भीर घाइते भएका २० जनाको धुलिखेल अस्पतालमा उपचार भैइरहेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएपनि हालसम्म ३३ जना सवार भएको पुष्टि भएको थिङ्ले बताए ।

ब्रेक फेल भएर बस दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा परेका चालक घाइते रहेको र उनलाई प्रहरीले नियन्तरणमा लिएको छ ।

सहचालक उपचार पश्चात् अस्पतालबाट डिस्चार्ज भएका छन् । ‘ब्रेकफेल भएर दुर्घटना भएको भन्ने कुरा आयो । हामीले हेर्दा पनि घटना ब्रेक फेल भएको जस्तो देखिन्छ । ओरालोमा ब्रेक लागेको कतै देखिँदैन उनले भने ।’

प्रतिक्रिया दिनुहोस्