प्रथम महिला फुटसल २०७९ को उपाधि कास्कीलाई



लमजुङ । 

लमजुङ सदरमुकाम बेसी हरमा पहिलो पटक ’हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ आयोजना गरिएको प्रथम महिला फुटसल २०७९ को उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । महिला हिंसा विरुद्ध आयोजित प्रतियोगिताको फाइन खेल लमजुङ र कास्कीकाबिच भएको हो ।

लिगका आधारमा खेलाइएको उक्त प्रतियोगिताको फाइनल खेलमा मिनाङ लाङघाली बेसीसरहलाई ३–० गोलले हराउँदै एक्स–गोर्खा कास्कीले उपाधि जितेको लमजुङ फुटसलका सञ्चालक तथा सह रेफ्री केश रानाले बताउनु भयो । उपाधि जितेसँगै एक्स गोर्खाले ३० हजार पुरस्कार जितेको छ ।

प्रतियोगितामा उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गरेको छ ।  प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाका झरना राई, सर्वाधिक गोलकर्ता मिनाङ लाङघालीका सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताका मनीषा थापामगर घोषित भएका छन् ।

उनीहरूलाई जनही एक हजार पुरस्कार प्रदान गरिएको आयोजक लमजुङ फुटसलका सञ्चालक केश रानाले बताउनु भयो ।प्रतियोगितामा लमजुङसहित काठमाडौँ, कास्की र तनहुँका गरी ८ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्