महालक्ष्मी पुरस्कार मुकारुलाई



हेटौंडा, (नेस)। मातृभूमि साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार यस वर्ष गीतकार तथा साहित्यकार श्रवण मुकारुङलाई प्रदान गरिने भएको छ।

भाषा, साहित्य कला र संस्कृति संरक्षण एवं संवद्र्धन हेतुले २०५६ सालमा स्थापना गरिएको पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको छ। यस पटकको बीसौं पुरस्कार हेटाैँडामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो। मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संयुत्त रुपमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार घोषणा गर्दै आगामी शुक्रबारहेटाैँडामा मुकारुङलाई पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष माधव पोखरेलले जानकारी गराए।

मुकारुङ नेपाली साहित्य जगत्मा लोकप्रिय कवि तथा गीतकार हुन्। उनको बिसे नगर्चीको बयान कविता निकै चर्चित नेपाली कवितामा गनिन्छ। सर्वश्रेष्ठ गीतकार (रेडियो नेपाल, २०४७), राष्टिझय कविता महोत्सवमा द्वितीय (२०४८), राष्ट्रिय कविता महोत्सव प्रथम (२०५३), युवा स्रष्टा सम्मान (२०५६), रवीन्द्र गीत सम्मान (२०५६), मोहन रेग्मी स्मृति पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०), समय सम्मान (२०६२), लोकेन्द्र साहित्य पुरस्कार (२०६२), जीवन स्मृति पुरस्कार (२०६३), शुभप्रभात काव्य सम्मान (२०६३), स्रष्टा सम्मान (२०६४), विशिष्ट सम्मान (सन् २००७), विशिष्ट सम्मान (सन् २००७) जस्ता सम्मान तथा पुरस्कारबाट सम्मानित गीत मुकारुङ नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग प्रमुख रहेका थिए।उनको देश खोज्दै जाँदा (२०४९), जीवनको लय (कवितासंग्रह २०६०), हिउँको दरबार (गीतसंग्रह २०५३), यलम्बर (नाटक २०५३), फूलको आवाज (२०५५), निष्कर्ष (२०५७) र अन्य कविता (भीसीडी, २०६३) प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्