भदौमा ऐना झ्यालको पुतली



बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको न्यु करेन्ट सेक्सन छानिएको तथा बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल सुजित बिडारीको निर्देशनमा बनेको फिल्म ऐना झ्यालको पुतली आगामी भदौ २४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ।

फिल्मको निर्माण समूहले यसका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। यो फिल्म चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्टझेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा समेत छनोट भइसकेको छ। लेखक तथा निर्देशकको रुपमा ऐना झ्यालको पुतली फिचर फिल्मतर्फ सुजितको डेब्यु हो। सुजितले यसअघि १४ मिनेटको फिल्म सावित्रीको लेखन तथा निर्देशन गरेका थिए।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। ञदिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महङ्कवपूर्ण हिस्सा हो। यो सम्बन्धमार्फत फिल्मले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनु पर्ने आवश्यकतालाई इंगित गरेको छु सुजितले भन्छन्।

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु विष्टका साथमा नयाँ कलाकारहरु कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतका कलाकारले पनि अभिनय गरेका छन्। आइसफल प्रोडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्म आकाश पौडेल, प्रवीण स्याङबो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्। फिल्ममा पुष्पा संगमको संगीत, अमर महर्जनको छायांकन र किरण श्रेष्ठको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्