क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि केएमसी स्कुलमा तनाव



काठमाडौं ।

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि स्कुलमा तनाव भएको छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् ।

आक्रोशित समूहको ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्