एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज



काठमाडौं ।

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा तोकेर एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो ।

संस्थापक समूहको सेयर भएता पनि दोश्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोही आशयका समाचार विवरण सार्वजनिक भएका थिए ।

संस्थापक समूहको सेयर कसरी साधारण सरह कारोबार हुन्छ भन्दै धितोपत्र बोर्डले ’अहिले लिलामीमा ल्याएको सेयर कुन प्रकृतिको हो र यसको कारोबार दोश्रो बजारमा कसरी हुन्छ भन्ने विषय स्पष्ट पारेर मात्रै लिलामी प्रकृया अघि बढाउनु’ भनेर एचआईडीसीएललाई निर्देशन दिएपछि कम्पनीले अर्को सूचना नआएसम्मको लागि भन्दै लिलामी प्रकृया स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्