रञ्जु दर्शनाले गरिन् काठमाडौँ ५ बाट स्वतन्त्र सांसद उठ्ने औपचारिक घोषणा



काठमाडौं ।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन ।

२०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रवारी राती काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन ।

उनले सामाजिक सञ्जालमार्फत चुनाव लड्ने औपचारिक घोषणा गर्दै सहयोग गर्न चाहनेका लागि अनलाइन फारमसमेत खुलाएकी छन् । काठमाडौँ क्षेत्र नम्बर पाँच नेकपा एमालेका सांसद ईश्वर पोखरेलको क्षेत्र हो । यसअघि विवेकशीलका संस्थापक नेता उज्जवल थापाले उक्त क्षेत्रबाट उम्मेदवारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्