प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ प्रस्थान



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तराष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ बिमानस्थलमा भईरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका निरिक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्