हिसां न्यूनिकरणका लागि अशिक्षा र बेरोजगारकाे समस्या समाधान हुनुुपर्छ : जिसस उपप्रमुख रिमाल



खुशीमाया गुरुङ, लमजुङ ।

घरेलु हिंसाको न्यूनिकरणका लागि अशिक्षा र बेरोजगारको समस्या समाधान हुनुपर्ने जिल्ला समवन्य समितिका उपप्रमुख बुना कुमारी रिमालको भनाई छ ।

घरेलु हिसां जो कसैलाई पनि हुन सक्ने वताउदै उहाँले हाम्रो समाजको वास्तविकतालाई हेर्दा वढि मात्रामा महिलाहरु घरेलु हिसांबाट पिडित वन्नुपरेको वताउनुभयो । जिल्लाको पहिलो सञ्चार संस्था सामुदायिक रेडियो मर्स्याङदी ९५ मेगाहर्जले १६ औं स्थापना दिवसको सन्दर्भमा आयोजन गरेको घरेलु हिंसा अन्त्यका लागि ‘सासु बुहारी सँगसँगै’ विषयक अन्तक्रिया तथा सचेतना मूलक कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रमुख रिमालले यस्तो बताउनु भएको हो ।

रिमालले पितृसतात्मक सोचको हावी भएको हाम्रो समाजमा अशिक्षा, बेरोजगार लगायतका समस्याले महिलाहरु घरेलु हिसांबाट पिडित हुन बाध्य भएको वताउनुभयो । जिसस उपप्रमुख रिमालले घरेलु हिसां अन्त्यका लागि व्यक्तित्व विकास सँगै महिलाहरु शिक्षित र आयआर्जनमा जोडिनुपर्ने उहाँको भनाई छ ।कार्यक्रमलाई सम्बोधन गर्दै बेसीशहर नगरपालिकाका पूर्व उपप्रमुख लक्ष्मी अधिकारीले सविधानले महिलालाई धेरै अधिकार दिएको वताउनुभयो । संविधान दिएको महिला अधिकार कार्यन्वयनका लागि महिलाहरु स्वयं जागरुक हुनुपर्ने वताउनुभयो ।

महिला जबसम्म आर्थिक रुपमा सम्पन्न हुनसक्दैन तबसम्म घरेलु हिसां न्यूनिकरण गर्न नसकिने उहाँको भनाई थियो ।बेसीशहर नगरपालिका ८ का वडाअध्यक्ष पवित्रा थापारानाले संघियता कार्यन्वयमा आएपछि मात्रै महिला अधिकार सुनिश्चित भएको वताउनुभयो । समान अधिकार प्राप्तीका सन्दर्भमा महिलाहरु अझै पनि पछाडी परेको भन्दै वडाअध्यक्ष थापारानाले महिलालाई हेर्ने दृष्टिकोण, सोच र मानसिकता परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक कृष्णवहादुर कार्कीले घरेलु हिसां सम्वन्धि जिल्लाको बस्तुगत अवस्था, हिसांका प्रकार, कानुनी व्यवस्था लगायतका वारमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रेडियो मस्र्याङदीका निर्देशक मिना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्टेशन म्यानेजर सन्देश पौडेलले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै स्वागत गर्नुभएको थियो ।बेसीशहर नगरपालिकाको सहयोग र बेसीशहर वाड नं ७ र ८ को समन्वयमा भएको कार्यक्रममा वडास्तरिय महिला सञ्जाल तथा विभिन्न आमा समूहका अध्यक्ष एवं सदस्यहरु गरी करिव एक सयजना महिलाहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालनका रेडिया मस्र्याङदीका समाचार प्रमुख वसन्ता भट्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्