१५ हजार घुससहित अदालतका कर्मचारी रंगेहात पक्राउ



काठमाडौं ।

गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) १५ हजार घुससहित पक्राउ परेका छन् ।

तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट पक्राउ गरेकाे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले बताएको छ।काम मिलाइदिने भन्दै सेवाग्राहीसँग केसीले घुस लिएको र उनलाई रंगेहात पक्राउ गरिएको दाबी अख्तियारको छ।

प्रतिक्रिया दिनुहोस्