स्रोत नखुलेको १० लाख रुपियाँसहित एक जना पक्राउ



हेटौंडा । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउ“पालिका खराङस्थित कल्पना घलानको घरमा राखिएको मोटरसाइकलमा लुकाइएको नगद बरामद गरेको छ ।

मधेश प्रदेश ०३–०२३ प ३१७२ नम्बर मोटरसाइकलको सिटमुनी डा“डाखर्क गाविस वडा–६ (हाल कैलाश गाउ“पालिका वडा–१) बस्ने वर्ष ५३ का सानुकान्छा योञ्जनले लुकाएको भारतीय रुपिया“ १ लाख ९८ हजार ९ सय र नेपाली रुपिया“ ७ लाख १७ हजार गरी १० लाख ३५ हजार २ सय ४० नगद राति करिब २ बजे प्रहरीले फेला परेको हो ।

योञ्जन २०७७ फागुन २३ गतेदेखि लागुऔषध अफिम १३ किलो १ सय २० ग्राम र चरेश २६ ग्राम फेला परेको मुद्धाका फरार प्रतिवादी हुन् । प्रहरीले मोटरसाइकल, स्रोत नखुलेको नगद र उनीहरु योञ्जन र घरधनी घलानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्