रोपाइँमा रमाए द रोलिङ स्टोनका विद्यार्थी (फोटो फिचर)



काठमाडौं  ।

काठमाडौ भिमसेनस्थानस्थित द रोलिङ स्टोन स्कुलका विद्यार्थी ८, ९ र १० मा अध्ययनरत विद्यार्थीले धान रोपेर धान दिवस मनाएका छन् ।  सधैं कक्षाकोठामा रहने स्कुलका विद्यार्थीहरु बुधबार धान रोपाइँमा रमाएका छन् ।

असार १५ को अवसरमा स्कुलले सो कार्यक्रम गरेको थियो । स्कुलले विद्यार्यीहरुलाई बनस्थली र स्वयम्भूस्थित  एक खेतमा विद्यार्थीलाई रोपाइँका लागि लगिएको थियो । रोपाइँमा विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिकाहरू पनि रमाइलो मानी रोपाइँमा मस्त देखिए । सधैँ कक्षा कोठामा व्यस्त देखिने स्कुलका शिक्षक शिक्षिकाहरु प्रिन्सिपलसहित रोपाइँ मस्त देखिए ।

स्कुलले कक्षा सात आठ नौ, र दशमा अध्ययनरत छात्रा र छात्र गरी २७ जना विद्यार्थीलाई रोपाइँका लागि  खेतमा लगेको थियो । धान रोप्न सिक्नका लागि विद्यालय पोसाकमै विद्यार्थीहरू खेतमा पुगेका थिए ।  विद्यार्थीहरूले खेतमा पुगेर रोपाई गरेका थिए । यो सबै कामका लागि उनीहरूलाई शिक्षक शिक्षिकाहरुले सिकाएका थिए । शिक्षक शिक्षिकाहरुले उनीहरूलाई कामका साथै कामका लागि प्रयोग हुने औजारहरुका बारेमा जानकारी गराएका थिए । यसअघि उनीहरूलाई मंगलबार नै कक्षाकोठामा यसबारे जानकारी दिनुका साथै प्रशिक्षण दिइएको थियो ।

विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र सचिन गुप्ताले पहिलो पटक आफूले यस्तो काम गर्न पाएको भन्दै खुसी साटेका थिए  । आजसम्म खेतमा काम गरेको थिइनँ । खेतमै आएर धान रोप्न सिकेँ उनले भने, सधैँ कक्षामा हुन्थ्यौ तर आज चाहिँ यसरी रोप्न आउन पाएकोमा निकै रमाइलो लागिरहेको बताए । अर्की कक्षा ८मा अध्ययनरत छात्रा मुस्कान गौतमले अरू दिन भन्दा रोपाइँमा आफूलाई मज्जा लागेको बताइन् । ‘छुपुमा छुपु हिलोमा धान रोपेर छौडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला…’ भन्ने कविता कक्षा–५ को नेपाली विषयमा पढेको थिए’, उनले भनिन्, ‘कक्षामा पढ्दा भन्दा यहाँ आएर कविताको वास्तविक अर्थ बुझियो । कवितामा पढेको जस्तो सजिलो नहुने रहिछ, धान रोप्न । धेरै मेहनत गर्नुपर्ने रहिछ । रोपाइमा आएर धेरै कुरा अनुभव भएको बताइन् ।

यस्तै कक्षा ९ मा अध्ययनरत छात्रा सन्ध्या विकले आफू साथीहरुसँग रोप्न पाउँदा निकै रमाइलो भएको बताइन् कक्षाकोठामा बसेर किताबमा खेती किसानीको बारेमा पढेको भन्दा आफैँ खेतमा आएर काम गर्दा छुट्दै अनुभव हुँदो रहेछ,’ उनले भनिन्, ‘आजसम्म खेतमा काम गरेको थिइनँ । खेतमै आएर धान रोप्न सिकेँ, कृषकसँग कुरा गर्न पाएँ, खुसी लागेको बताइन् । रोपाइँसँगै सबै साथीहरूसँग हिलो खेल्न पाउँदा औधी खुशी लागेको बताइन् । पहिलो पटक खेतमा विद्यार्थीहरू आएको देख्दा  खुसी भएको स्थानीयहरूले बताए । विद्यार्थीहरू  खेतमै धान रोप्न आएर उनीहरूले रोप्दा धान थोरै रोपे पनि धानको महत्त्व अझ बढेर गएको छ ।’ खेतमा हिलो खेल्दै विद्यार्थीले धान रोपेका थिए । धानको महत्त्व बुझाउन विद्यार्थीहरू खेतमा पुगेर धान रोपेको एक स्थानीयले बताए ।

रोपाई कार्यक्रमका संयोजक राजु शाक्यले धेरै जना विद्यार्थी भएकाले समूह समूहमा ल्याई नानीहरूलाई सिकाइएको बताउनुभयो । स्कुलका संस्थापक प्रिन्सिपल दीरेकलाल श्रेष्ठले किसान तथा कृषि व्यवसायमा लागेका व्यक्तिहरूलाई सम्मान गर्न सिकाउने उद्देश्यका साथ कार्यक्रम गरेको बताउनुभयो  ।पुस्तकमा मात्रै सीमित नगखी विद्यार्थीलाई यस्ता विविध विषयका क्रियाकलापहरू स्कुलले गराउने गरेको जानकारी उनले दिए । यसले विद्यार्थीको ज्ञान फराकिलो हुनका साथै उनीहरूमा व्यवहारिक ज्ञान पनि हुने विश्वास उनको छ ।  रोपाइँका साथै ससाना नानीहरूदेखि कक्षा ४ सम्मका विद्यार्थीलाई दही चिउरा खाने पर्वकारबारे जानकारी दिन दही चिउरा खुवाइएको थियो ।

]

प्रतिक्रिया दिनुहोस्