सकियो के घर के डेरा



दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म के घर के डेराको इन्डक्ल्याप भएको छ। मंगलबार राजधानीको नेपाल कला परिषद्मा अन्तिम दृश्य छायांकन गर्दै फिल्मको सम्पगर्ण छायांकन पूरा गरिएको होे। निर्देशक खनालका अनगसार क्यामेरा अन भएको ३३औं दिनमा फिल्मको छायांकन सकिएको हो।
निर्देशक खनालले आफ्नो सोचअनगसार नै फिल्म निर्माण भएको जनाउँदै कलाकारले राम्रो साथ दिएकाले के घर के डेराको परिणाम राम्रो निस्किनेमा विश्वस्त रहेको बताए। फिल्मको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिएको छ।

ए प्लस इन्टरटेनमेन्डको व्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनद्वारा निर्मित फिल्ममा यगवराज कार्की कार्यकारी निर्माता रहेका छन्। फिल्मका मगख्य कलाकार दयाहाङ राईले सिंगे लामाको कथा तथा महेश दवाडीको पटकथा र संवाद रहको फिल्म काठमाडौंमा बस्ने सम्पूर्णको जीवनसँग मिल्दोजगल्दो हगने जनाए।

यसै वर्ष रिलिज हगने फिल्ममा दयाहाङका साथमा विपिन कार्की, वर्षा राउत, सगरक्षा पन्त, रवीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा सगव्रतराज आचार्य र डिपी खनालको गीत रचना, शंकर थापा स्माइलको संगीत, दीर्घ गगरुङको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्