भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत



काठमाडौं ।

भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । नेपाल-भारत सीतावर्ती क्षेत्र मनीपुर बजारमा घरायसी सामान किन्न गएका दाङको राजपुर गाउँपालिका-६ निवासी दुई युवतीलाई भारतीय युवाहरूको समूहले सामूहिक बलात्कार गरेको प्रहरी जनाएको छ ।

भारतीय युवाको समूहले युवतीहरूलाई कुटपिट गर्दै कान नाकमा लगाएका गहना, नगद र मोबाइल समेत लुटेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरेको छ । पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्