एमाले सांसदको अवरोध : बागमती प्रदेश सभाको बैठक स्थगित



कठमाडौं । बागमती प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएपछि बैठक स्थगित भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट विभेदकारी र न्यायोचित नभएको भन्दै उृनीहरुले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक विनियोजन विधकेयलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरुले आसनबाट उठेर विरोध जनाएका थिए ।

एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प्रदेश सभा अवरुद्ध गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्