पोखरामा सडक भासियाे 



पोखरा।

पोखरा महानगर -४ बुढानीलकण्ठ फिर्केखोला नजिकै सडक भासिएको छ । आइतबार बिहान उक्त सडक भासिदा एउटा घरसमेत जोखिममा परेको छ ।  केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण सडक करिब १५ मिटर भासिएको हाे ।

सडक भासिएसँगै उक्त स्थानबाट पोखरा बागलुङ राजमार्ग हुँदै गणेशटोल, गैरापाटन आउजाउ गर्न समेत रोकिएको छ। उक्त भासिएकाे सडक मर्मत गर्ने तयारी रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्