टेलिकमको नयाँ महशुल दर सार्वजनिक



काठमाडौं ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागु हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।

इन्टरनेट लिज लाइनअन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २ हजार ५ सय रहेकोमा अब १हजार ६ सय हुने टेलिकमले जनाएको छ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि हजार ,३ सयबाट घटाएर १ हजार ६ सय कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महशुल क्रमशः २ हजार १ सय र १हजार ९ हजार रहेकोमा अब दुवैको महशुल दर १ हजार ५सय कायम गरिएको टेलिकमले जनाएको छ ।इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २ हजार ७ सय रहेकोमा अब २ हजार ४ सय ११ देखि १ सयएमबीपीएसको २ हजार ४ सय रहेकोमा अब हजार १ सय र १ सय एमबीपीएसभन्दा बढीको २ हजार १ रहेकोमा अब १ हजार ८ सय कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्