एमालेले मूल्यवृद्धि र महंगीविरुद्ध २२ जनसंगठनलाई सडकमा उतार्ने



कठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आफ्ना २२ वटा जनसंगठनलाई आन्दोलनका लागि सडकमा उतार्ने भएको छ ।

उसले मूल्यवृद्धि, किसानलाई मल र विद्यार्थीहरुको पुस्तक विवतरणमा ढिलाइ जस्ता मुद्दालाई उठान गरेर आन्दोलनका लागि सडकमा उतार्ने भएको हो ।

आज (बिहीबार) पार्टी कार्यालय च्यासलमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए ।

बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु पनि सहभागी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्