वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु



सल्यान ।

वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको मृत्यु भएको हो ।

दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडाअध्यक्ष जीवराज बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार बुढाथोकी खोटोको काम गर्ने भएका कारण खोटोको बाकस बचाउने क्रममा शनिबार दिउँसो आगोमा परेर मृत्यु भएको हो ।

घटनाको अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको डिएसपी सुमित खडकाले जानकारी दिनु भयो ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्