मङ्कीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि



काठमाडौँ ।

मङ्कीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी २६ बर्षका ती व्यक्तिमा कुष्ठरोगको जीवाणु भेटिएको पुष्टि भएको जनाएको हो।

उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म कसैलाई पनि मंकीपक्स पुष्टि भएको छैन । मंकीपक्स फैलन नदिन मन्त्रालय सचेत र सतर्क रहको बताइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्