२७ बर्षदेखि बेपत्ता रहेका परियारको भारतबाट उद्धार



लमजुङ ।

पूर्वि लमजुङको राईनास नगरपालिका ८ तार्कुघाट बस्ने ४४ बर्षीय किसान परियार २७ बर्ष अगाडी कामको शिलशिलामा भारत गई बेपत्ता भएका थिए ।
बेपत्ता भए पश्चात घर परिवार र आफन्तहरुले प्रहरीमा खबर नगरी आफ्नै तवरले खोजतलास गरेको थिए । सोही क्रममा परियारको खोजी कार्यका लागि गत जेठ ९ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा प्राप्त भएको निवेदनको आधारमा लमजुङ प्रहरीले खोजतलास कार्यलाई बिशेष चासो र प्राथमिकतामा राखी नेपाली राजदूतावास नयाँदिल्ली, मानव बेचबिखन तथा अनुसन्धान व्यूरो काठमाण्डौ, प्रहरी प्रधान कार्यालय, दिल्ली स्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रिय कार्यालय ललिपुर र परिवारसँगको आपसी सहयोग र समन्वयमा परियारलाई उत्तर प्रदेश मेहरमपुर गाउँबाट जेठ १८ गते उद्धार गरी नेपाल ल्याईएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीका अनुसार निज किसान परियारलाई उद्धारपछि आफन्तको जिम्मा लगाएको छ । २७ बर्षसम्म हराएका किसान परियारलाई भेट्दा परिवारमा खुसियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्