रियालिटी शोका प्रतिस्पर्धीलाई स्वागत



इन्टझा नेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्टझा फाउन्डेशन) द्वारा अमेरिकामा आयोजित गायनसम्बन्धी टेलिभिनजन रियालीटी शो मेरो भ्वाइस कप यूएसए र नृत्यसम्बन्धी टेलिभिनजन मेरो डान्स कप यूएसए –सिजन २ को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीलाई मंगलबार काठमाडौंमा स्वागत गरिएको छ।

फाउन्डेसनको नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आएका २४ प्रतिस्पर्धीसहित ४२ जनालाई त्रिभुवन अन्तराष्टिझय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको हो। उनीहरुलाई विमानस्थलबाट मोटरसाइकल -यालीसहित ठमेलको मुलबरी होटलमा पु-याइएको थियो । होटलमा आयोजित पत्रकार सम्मेलनमा ग्यालेक्सी फोरके टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएका शोका बाँकी १० भागको छायांकन नेपालमै हुने जानकारी गराइएको छ। आयोजकका अनुसार कार्यक्रमको अन्तिम प्रतिस्पर्धा भने अमेरिकामा नै हुनेछ।

प्रतिस्पर्धाअन्तर्गत मेरो भ्वाइस कप–२ को उत्कृष्ट १२ मा शित्तल शर्मा, मुना लकान्डझी, बाबु खालिङ, करण तामाङ, प्रेम आङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी, लिला गजमेर र संगीता बोगटी छन् भने मेरो डान्स कपको उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सभ्य विष्ट, सुमिका तामाङ, आयुषा समाललगायत छन्। दुवै कार्यक्रम एलिन श्रेष्ठले निर्देशन गरिरहेका छन्।

संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभालाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बाँनियँले जानकारी गराए। मेरो भ्वाइस कप युएसएको निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् भने मेरो डान्स कप, यूएसएमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर बीसी, संचिता लुइँटेल र नरमान राई निर्णायक छन्।

प्रतिक्रिया दिनुहोस्