तनहुँको याम्पा फाँट-घाँसीकुवा सडकखण्डमा पाँच घण्टा आवागमनमा रोक



तनहुँ ।

तनँहुको याम्पा फाँट–घाँसीकुवा सडकखण्डमा आइतबारबाट बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । मुग्लिङ पोखरा सडक योजना पुर्वी खण्ड अन्र्तगत उक्त सडकखण्डमा आइतबारबाट ५ घण्टा सवारी आवागमन बन्द गरि सडक खन्ने कार्य गर्न लागिएको हो ।

अर्को सुचना जारी नहुन्जेल सम्म उक्त समयावधि भन्दा अगाडी वा पछाडी मात्रै सडक प्रयोग गर्न सवारी चालकमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्