प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची



काठमाडौं ।

प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

संसद् सचिवालयका अनुसार मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ ।

बैठकमा नेमकिपाका सांसद प्रेम सुवाल र राजमो सांसद दुर्गा पौडेलले चारवटै मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, माओवादी सांसद आशाकुमारी विकले श्रम मन्त्रालय, सांसद नरबहादुर धामीले वन मन्त्रालय, एमाले सांसद भानुभक्त ढकालले पर्यटन मन्त्रालय र बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार मन्त्रालय शीर्षकको खर्च कटौती गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्