मुगुका स्थानीय तहमा कार्यपालिकाले पूर्णता पायो



मुगु । जिल्लाका ४ वटा स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएका छन् । पछिल्लो पटक बुधवार छायाँनाथ रारा नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएसँगै जिल्लाका सबै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको हो ।

वैशाख ३० गते भएको स्थानीय तहको दोस्रो निर्वाचनपछि आएका जनप्रतिनिधिबाहेक कार्यपालिका सदस्यका लागि पनि निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार जिल्लाका १ नगर र ३ गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको हो । ती नगरपालिकामा ८र८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।

५ जना महिला सदस्यबाट र ३ जना दलित अल्पसंख्यकबाट गरी ८ जना नगरकार्यपालिकामा निर्वाचित भएका छन् । ३ गाउँपालिकामा भने ४ जना महिला सदस्यबाट र २ जना दलित, अल्पसंख्यक कोटाबाट गरी ६र६ जना निर्वाचित भएका छन् ।

जिल्लाका ४ वटै स्थानीय तहको कार्यपालिका सदस्यमा २६ जना निर्वाचित भएका छन् । जसमा अधिकास सयुत्तm गठबन्धनबाट नेपाली कांग्रेस , माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

कार्यपालिका सदस्यमा सोरु गाउँपालिका र छायानाथ रारा नगरपालिकामा निर्वाचन भएको थियो । यहाँ गठबन्धनबाट काग्रस, माओवादी र एकीकृत समाजवादीका सबै उम्मेदवार निर्वाचित भएका थिए ।

बाँकि खत्याड र मुगुम कार्मारोग गाउँ पालिका तहमा समेत संयुुक्त गठबन्धनबाट काग्रेस, माओवादी केन्द्रका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्