कलाकर्मी र पत्रकारलाई पुरस्कार र सम्मान



परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मी र पत्रकारलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित गरेको छ।

राजधानीको बागबजारस्थित हार्दिक होटलमा आयोजित समारोहमा कलाकर्मी र पत्रकारलाई हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मर्की चेतन कार्कीको नामबाट यसै वर्ष थालनी गरिएको चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान प्रदान गरिएको हो।

पुरस्कार तथा सम्मानका लागि आयोजक संस्था परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौला, हरितारा चलचित्र चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी-गीतकार शान्तिप्रियको निर्णायक समितिले नाम चयन गरेको हो। हरितारा चलचित्र पुरस्कारकी संरक्षक सदस्य मालिका रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नारी शक्तिका रुपमा केवल महिलालाई अतिथि बनाइएको थियो।

कार्यक्रममा मालिका राना, माहन निरौला, फिल्मकर्मी चेतन कार्कीको धर्मपत्नी गंगा कार्की, समाजसेवी शाबित्री कोइराला, प्रथम नायिका भुवन चन्द थापा, अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर, रेखा थापा, दीपाश्री निरौला, रेजिना उप्रेती, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा र फिल्म निर्देशक सम्झना उप्रेती रौनियारले पुरस्कार र सम्मान प्रदान गरेका थिए।

शर्मा र गिरीलाई हरितारा पुरस्कार

कार्यक्रममा वर्ष २०७७ र ०७८ को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई प्रदान गरिएको छ।

चार दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेसाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पु-याउन महत्वपूर्ण योगदान पु-याएबापत अभिनेत्री शर्मालाई सो पुरस्कार प्रदान गरिएको हो।

त्यसैगरी, तीन दशकभन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृति तथा फिल्म क्षेत्रको प्रवद्र्धन र पेसाकर्मीको उत्थानका लागि देश विदेशमा योगदान पु-याएबापत पत्रकार गिरीलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो। जनही २५ हजार रुपियाँ राशीको पुरस्कार २०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी) ले पति हरि शम्शेरसमेतको नाममा अक्षय कोष खडा गरी स्थापना गरेकी थिइन्।

श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार र परिवर्तन सम्मान

यसैगरी, २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार नगद १० हजार रुपियाँ सहित अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गरिएको छ।

सोही अवसरमा फिल्म क्षेत्रमा विशेष योगदान पु-याएवापत निर्देशक मदन घिमिरे, निर्माता-निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक तथा निर्माता मौनता श्रेष्ठ र अभिनेता राजकुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान प्रदान गरिएको छ।

त्यस्तै, प्रारम्भका दिनमा परिवर्तन नेपालमा आबद्ध भई आ-आफ्नो क्षेत्रमा योगदान गर्दै आएका चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी), निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दीपाशा विसी, खेलाडी तथा कलाकार नन्दा बस्याल, रंगकर्मीहरु मञ्जु निरौला, रजनी अर्याल र रेणु पौडेललाई परिवर्तन सम्मानबाट सम्मानित गरिएको छ।

चेतन कार्कीलाई किन राष्ट्रिय सम्मान दिइएन ?: कलाकारहरु

कार्यक्रममा कलाकर्मीलाई मरणोपरान्त दिइने राष्ट्रिय सम्मानका बारेमा चर्को बहस र चिन्ता व्यक्त गरिएको छ। सञ्चारकर्मी, गायक तथा संगीतकार सरोज कोइरालाद्वारा सञ्चालित कार्यक्रममा हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत अभिनेत्री मिथिला शर्माले पुरस्कारले बाटो हिँड्दा हिँड्दै तरंग दिएको चर्चा गर्दै कलाकर्मीलाई राष्ट्रिय सम्मान दिनबाट वञ्चित गरिएकोमा आपत्ति जनाउँदै प्रश्न गरिन् चेतन कार्कीलाई राष्टिझय सामान दिन के हुनुपथ्र्यो? गोपाल योञ्जनलाई राष्टिझय सम्मान दिलाउने उहाँलाई नै किन त्यस्तो सम्मान दिइएन?

अभिनेता मदनदास श्रेष्ठले कलाकारलाई वर्गीकरण गरेरै मरणोपान्त राष्ट्रिय सम्मान दिनुपर्नेमा जोड दिए। ञकलाकारलाई कहिलेसम्म केवल पहुँचका आधारमा राष्ट्रिय सम्मान दिने। बरु वर्गीकरण गरौँ उनले भने। उनले राज्यस्तरबाटै चतन कार्कीको नाममा पुरस्कार र सम्मानको व्यवस्था गर्न जोडदार माग पनि गरे।

नेपाल चलचित्र कलाकार संघका अध्यक्षा रवीन्द्र खड्काले राष्ट्रिय सम्मानका लागि पहल गर्ने बताए। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हरितारा पुरस्कार नेपालको ग्रामी अवार्ड भएको चर्चा गरे भने करिश्मा मानन्धरले पुरस्कार आफैंमा ऊर्जाशील भएको चर्चा गरिन्।

दीपाश्री निरौलाले मोहन निरौलाले पुरस्कार कार्यक्रम आयोजना गरी सर्जकहरुलाई जीवित राखेको चर्चा गरिन् भने रेखा थापाले पुरस्कारले ऊर्जासँगै र जिम्मेवारी बढाउने चर्चा गरिन्।  चेतन कार्की स्मृति पुरस्कारबाट पुरस्कृत देशभक्त खनालले चेतन कार्कीले जिउँदा छउञ्जेल गरेको कर्मको स्मरण गर्दै उनको नामको पुरस्कार पाउँदा गौरवबोध भएको बताए। मोहन निरौलाले पैतृक सम्पत्तिबाट चलेको आफूले कार्यक्रमबाट गुरु र पितृ ऋण तिर्ने प्रयास गरेका बताए।

प्रतिक्रिया दिनुहोस्