सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु



सप्तरी।

सप्तरीको कंचनरुप नगरपालिका–१२ मा गएराति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्